आदीवासी महासंघ कपः नेफएम बुटवललाई उपाधि, मनमैजु बन्यो उपविजेता


पोर्चुगल – नेपाल आदीवासी महासंघ पोर्चुगल फुटबल कपको उपाधि नेफएम बुटबल क्बलले हात पारेको छ ।

पोर्चुगलको लिस्वनमा बुद्धजयन्तीको अवसरमा सम्पन्न प्रतियोगिताको फाइनलमा मनमैजु फुटबल क्लबलाई हराउँदै नेफएम बुटबल क्लबले उपाधी हात पारेको हो । ओलाइसको भिक्टोरीया फुटबल ग्राउण्डमा २० वटा नेपाली फुटबल क्लब सहाभागी भएका थिए । फाइनल खेलमा ४—०ले हराउँदै उपाधी जितेको थियो ।

उपाधीसँगै टफी मेडल र ३ हजार यूरो (करिब साढे ४ लाख नेपाली रुपैयाँ) राशी पनि हात पारेको थियो । उपविजेता मनमैजु क्लबले ट्रफी, मेडल र १ हजार ५ सय यूरो (करिब सवा २ लाख नेपाली रुपैयाँ) हात पारेको थियो ।

महासंघले बुद्ध जयन्तीको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । ‘हामी यो प्रतियोगिता बुद्धजयन्तीको अवसर पारेर हरेक बर्ष फुटबल प्रतियोगिताको आयोजन गर्ने छौं यो पहिलो प्रतियोगिता हो,’ अध्यक्षले कुमार मगरले भने ।

नेपालीहरुलाई विदेशमा एकताबद्ध गर्नका लागि फुटबल खेलको आयोजना गरिएको थियो । यस्ता खेलले नेपालीहरुलाई विदेशमा पनि हौसला प्रदान गर्ने एनआरएन अध्यक्ष उमेश खड्काले बताए । ‘यस्ता किसिमका प्रतियोगिताहरुले विदेशमा रहेका नेपालीहरुलाई एकताबद्ध गर्न मद्दत गर्छ, त्यसैले आगामी दिनमा पनि सञ्चालन  गर्नुपर्दछ,’ अध्यक्ष खड्काले भने । उनले नेपालीहरुलाई जोड्नका लागि यस्तो प्रतियोगिताहरु धेरै हुनुपर्नेमा जोड दिएका थिए । पोर्चुगलमा पछिल्लो समयमा औपचारिक रुपमा आवद्ध फुटबल क्लबहरु बढिरहेका छन् ।

प्रतिक्रिया