‘हिरामण्डी’ सिजन २ काे घोषणा, अब स्वतन्त्रता पछिको कोठाको कथा देख्न सकिने


नयाँ दिल्ली- नेटफ्लिक्सले हिरामण्डी सिजन-२ घोषणा गरेको छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेकाे  ‘हिरामण्डी सिजन २ आउने घोषणा भएको हो ।

हिरामण्डीको पहिलो सिजन आलमजेबले ताजदारकी हजुरआमालाई उनी गर्भवती रहेको खबर सुनाएपछि सकिन्छ । सिजनको कथा लाहौर वरिपरि घुमेको छ । सिरिज स्वतन्त्रताको लडाई चरममा भएको बेलामा सकिन्छ ।

आगामी सिजन दिल्ली र मुम्बईका कोठामा केन्द्रित रहने अनुमान पनि गरिएको छ । दोस्रो सिजनमा सशक्त कथाको साथमा फर्किने नेटफ्लिक्स इन्डियाकी उपाध्यक्ष मोनिका शेरगिलले बताएकी छिन् ।

हिरामण्डी अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको वेब सिरिज बनेको छ । वेब सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, शर्मिन सहगल र सञ्जीदा शेख जस्ता कलाकारको अभिनय रहेको छ ।

सिरिजमा फरदीन खान, तह शाह बदुशा, शेखर सुमन र अध्ययन सुमनको पनि महत्त्वपूर्ण भूमिका छ ।

प्रतिक्रिया