गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
अख्तियारले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको हो ।