सीबी लामा भन्छन्, ‘मास्क खोलिदिनुपर्छ भने खोलिदिन्छु, राम्रोसँग फोटो खिच्नुस्’

पौने २ अर्ब ठगीको अभियोगमा पक्राउ परेका लामालाई गर्यो प्रहरीले सार्वजनिक


काठमाडौं — सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) लाई प्रहरीले सार्वजनिक गरेको छ ।

२०८१ जेठ १८ गते शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिन अघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

त्यस अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८५२ जना बचतकर्ताले उजुरी दिएको बताए । त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ विरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको पनि भट्टराईले जनाए ।

कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब बढी रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् ।

लामाले पत्रकारहरुसँग आफूमाथि झुटो आरोप लागेको बताए । उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने बताए । उनले भने,‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु । तपाईंहरूले पनि त चिन्नुप¥यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहिं मैंले न्याय पाउँछु जस्तो लागेको छ ।

मलाई आश छ तपाईंहरुले सत्यतथ्य समाचार सम्प्रेषण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ ।’ केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

कान्तिपुर सहकारीका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर सीबी लामाविरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा रहेको प्रहरी स्रोत बताउछ ।

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ विरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जना पीडितको निवेदन परेको छ । पशुपति सेभिङविरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी रहेको छ ।

प्रतिक्रिया