प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबिच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई नेताबिच बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल भएको बुझिएको छ ।

अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आफूहरूसँग छलफल नगरेको भन्दै शनिबार असन्तुष्टि जनाएका थिए ।

 

प्रतिक्रिया