चोर ‘खन्ति’ले ४ घन्टासम्म एक एसपी र दुई डिएसपी कमान्डका अधिकारीलाई सताएपछि…


काठमाडौं– चोरीका अभियुक्त खन्ति भनिने सुकलाल वाइवाले प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कमान्डको दुई टोलीसहितलाई चार घन्टासम्म सताएका छन्।

आइतबार गोकर्णेश्वर–४का कुमार पण्डितको घरमा चोरी गरी फरार रहेका मकवानपुर हाडीखोला घर भएका बसुन्धरा बस्ने ३६ बर्षिय खन्तीले पक्राउ गर्न गएको प्रहरीको पञ्जाबाट फुत्किएर रुख चढी आत्महत्या गर्ने धम्की दिएका थिए। यति भएपछि प्रहरी सकसमा परेको थियो।

गोकर्णेश्वर–४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिर नजिकै लुकिछिपि वसिरहेको अवस्थामा पक्राउ गर्न लाग्दा भागेका खन्ती गोकर्णको खोचको रुखमा चढी हाम फालेर मर्छु भन्न थाले।

‘बौद्धका प्रहरी नायव उपरिक्षक (डिएसपी)कमाण्डमा पुगी निजलाई हाम नफाल्न र रुखवाट आउन आग्रह गर्दा मानेनन्’, जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘परिसर काठमाडौंमा जानकारी आएपछि डिएसपीको कमाण्डमा टोली, विपद व्यवस्थापनको उद्धार टोली र नेपाल प्रहरी अस्पताल मानसिक रोग विशेषज्ञ एसपी डा. आशिष दत्त खटाइएको थियो।’

डा. दत्तले आत्महत्या गर्न लागेक व्यक्तिलाई सकुशलतापूर्वक करिव १ घण्टा काउन्सिलिङ गरेपछि खन्ती फर्कन मानेपछि विपद व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरमा गई नियन्त्रण गरिएको जनाइएको छ। उसलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया