बैठकमा दुबै पक्षले आफ्नो अडान नछोडेपछि पूर्वमन्त्री भूसालले भने- ओलीको निर्णयबाट विवाद सुरु भयो


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीचको बैठक निष्कर्ष विहिन भएको छ । दूबै पक्षले आ आफ्नो अडान कायमै राख्दा बैठक निष्कर्ष विहिन भएको हो ।

यस्तै सोमबारको बैठकबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफूले गरेको अपेक्षा पूरा नभएको प्रतिक्रिया दिएका छन्। छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

‘आजको बैठकबाट व्यक्तिगत रुपमा मैले जुन अपेक्षा गरेको थिएँ, त्यो अपेक्षा पूरा भएन’, उनले भने। ‘हाम्रो प्रस्ताव थियो, यस बीचमा जे गर्‍यौं, त्यसलाई शून्यमा राखौं र पूर्ववत् अवस्थाबाट सुरुवात गरौं’, उनले भने, ‘त्यसमा कुरा मिलेन।’ उनले भने, ‘भेट भयो राम्रो भयो तर कुराकानी र एजेन्डाको हिसाबले सार्थक भएन।’

पार्टी एकता सुदृढ गर्ने भनेको अहिले अदालतले निर्णय गरे अनुसार पूर्ववत् अवस्थामा पार्टी लैजाऔं भनेर आफूहरुले भनेको तर अध्यक्ष ओलीले त्यसमा ठोस र चित्तबुझ्दो उत्तर नदिएको भुसालको भनाइ छ।

उनले फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले आफूसँग रहेका केही नेताहरुलाई बोलाएर गरेको गरेको निर्णयबाट पछिल्लो विवाद सुरु भएको बताए।

प्रतिक्रिया