शाहरुख खान अस्पतालमा भर्ना


काठमाडौं- बलिउड अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक ‘लू’ भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार बेलुका केडी अस्पताल भर्ना गरिएको थियो ।

अभिनेता अस्पतालबाट डिस्चार्ज भएको खबर आएपनि अहिले भने किङ खान अस्पतालमा उपचाररत रहेको र अहिलेसम्म डिस्चार्ज नभएको जानकारी आएको छ ।

उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) टोलीको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सहभागी हुन अहमदाबाद गएका थिए।

 

प्रतिक्रिया