सिरोहियालाई भेट्न जनकपुर पुगे विमलेन्द्र


काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न जनकपुरधाम पुगेका छन् ।

काठमाडौंबाट जहाजमा जनकपुरधाम पुगेका निधीले विमानस्थलमै पत्रकार सम्मेलन गर्दै आफू धनुषा प्रहरीको हिरासतमा रहेका  सिरोहियालाई भेट्न आएको बताएका छन् ।

उनले सिरोहियाको घर आफ्नै  घरकाे सामुन्ने रहेकाे बताउँदै सरकारले प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गर्दै अनावश्यक दुःख दिएको बताएका छन् ।

बुधवार प्रहरीले नागरिकता कीर्ते सम्बन्धी कसुरमा सिरोहियालाई काठमाडौंबाट पक्राउ गरेर जनकपुरधाम लगेकाे थियो ।

 

प्रतिक्रिया