

न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिन्छु भन्ने थुनामा

काठमाडौं- न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ३७ वर्षीय कृष्ण कार्की पक्राउ परेका हुन् ।
जग्गा सम्बन्धीको मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि २३ लाख रुपैयाँ ठगी गरेको आरोप कार्कीमाथि छ । त्यस्तै उनले भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङलाई छुटाइदिने भन्दै ७ लाख रुपैयाँ लिएको आरोप पनि लागेको छ ।
उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

