सलमान खानको घरबाहिर गोली चलाउनेले हिरासतमै गरे आत्महत्या


काठमाडाैं- भारतीय अभिनेता सलमान खानको घरमा गोली चलाएको घटनाका आरोपीमध्ये एकले हिरासतमै आत्महत्या गरेका छन् । थुनामा रहेका बेला तौलीयाले पासो लगाएर अनुज थापनले आत्महत्या गरेको भारतीय प्रहरी अधिकारीले बताएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार पासो लगाएर अचेत बनेका अनुजको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

१४ अप्रिलमा भएको घटनामा ५ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया