

कतारबाट फर्केका सिकेन्द्रलाई सिनामंगलमा बन्धक बनाएर ५ लाख जति माग्ने पक्राउ

काठमाडौं- कतारबाट फर्केका एक युवकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ ।
सोमबार कतारबाट काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा प्रहरीले सिनामंगलबाट उ उद्दार गरेकाे हाे ।
उनीलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ । उनीहरुले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग्दै एउटा कोठामा बाँधेर राखेका थिए ।

