गोदावरी आगलागी अपडेटः घाइतेमध्ये १ को मृत्यु, कुष्ठरोग अस्पालका ९३ बिरामी सारियो


ललितपुर – ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आगलागी निभाउने क्रममा दुई जना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा शङ्कर पहरी र रमेश पहरी थिए ।

उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शङ्कर प्रहरीको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

यता ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ ।

आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ।

९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाई छ। यस्तै डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।

प्रतिक्रिया