कर्णालीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ


काठमाडौं- कर्णालीका प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादीका ३ जना र नेकपा एमालेका ३ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुमपश्चिका महेन्द्र केसी, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रीमा दैलेखका विनोद शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कालिकोटका दुर्गबहादुर रावत नियुक्त भएका ह्रन् ।

यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा डोल्पाका शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाका रनसिंह परियार, सामाजिक विकास मन्त्रीमा डोल्पाका वीरबहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा मन्त्रीमा दैलेखका गौमता विक नियुक्त भएका छन् ।

 

प्रतिक्रिया