

निगमको आन्तरिक खर्च व्यवस्थापन धान्ने मूल्यसँग जोडिन्न : निर्देशक पौडेल

काठमाडौं – पछिल्लो समय लगातार पेट्रोलियम पदार्थमा आएको मूल्यवृद्धिका कारण आम उपभोक्ता मार्फत जनगूनासो आईरहेको छ । तर नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने बताएको छ । ।
निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएको हो । आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने उनले बताए । अझ आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि पौडेलले बताए ।
पौडेलले डलरको मूल्य, क्रुड आयलमा बढ्ने मूल्य र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने पनि बताए । निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिनेउनको भनाइ छ ।
हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य १४ सय रुपैयाँ कायम गरेको छ ।

