नेपाल लिकर्सको नयाँ ब्राण्ड ‘मिस्टर डोवल्स नम्बर वान लक्जरी’ बजारमा


काठमाडौं– नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ । स्मुदेस्ट नम्बर वन लक्जरी ट्यागसहित बजारमा उपलब्ध भएको हो । उक्त ब्राण्ड एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ । यी ब्राण्ड हरु क्रमस रु ९२०, ४६० र २३० बजार मुल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रालिले जनाएको छ ।

नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तराष्ट्रिय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्देश्यले बजारमा ल्याइएको बताए ।

विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रीबन्ड जीन जस्ता ब्राण्डहरु उपभोक्ता माझ लोकप्रिय छन् ।

 

प्रतिक्रिया