

दिल्ली क्यापिटल्सका कप्तान पन्तले किन मागे क्यामेराम्यानसँग माफी ?

काठमाडौं- आइपीएल अन्तर्गत बुधबार भएकाे दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीचकाे खेलपछि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले एक क्यामेराम्यानसँग माफी मागेका छन् ।
म्याचपछि पन्तले माफी मागेको भिडियो आइपीएलको सोसल नेटवर्किङ साइट ‘एक्स’ मा राखिएको छ । भिडियोमा पन्तले भनेका छन्, ‘माफ गर्नुस् देवाशीष दाइ ! मेरो उद्देश्य तपाईंलाई हिर्काउनु थिएन ।’
पन्तले ब्याटिङका क्रममा बाउन्ड्री बाहिर पुग्नेगरी प्रहार गरेको बल लागेर देवाशीष घाइते भएका थिए । उनी बीसीसीआईको प्रोडक्सन विभागका क्यामेराम्यान हुन् ।
One of the camerapersons from our BCCI Production Crew got hit during the #DCvGT match.
Rishabh Pant – Delhi Capitals' captain and Player of the Match – has a special message for the cameraperson. #TATAIPL | @DelhiCapitals | @RishabhPant17 pic.twitter.com/wpziGSkafJ
— IndianPremierLeague (@IPL) April 24, 2024

