चित्लाङ जाँदै गरेको टाटा सुमो दुर्घटना


काठमाडौं – चित्लाङ जाँदै गरेको टाटा सुमो चन्द्रागिरी नगरपालिका–१२ मा दुर्घटना भएको छ ।

रोकिराखेको सुमो ब्याक भएर सडकबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खसेको हो ।

बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया