

पत्नीलाई अभद्र व्यवहार गरेको आरोपमा प्राध्यापक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा अभद्र व्यवहार गरेको आरोपमा एक जना प्राध्यापक पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका–१८ का राजेन्द्र धामी शनिवार पक्राउ परेका हुन् । धामीलाई उनकै श्रीमतीले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।
धामी बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक हु्न् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए ।

