

फेरि प्रदूषित सहरको एक नम्बरमा पर्यो काठमाडौं

काठमाडौं- काठमाडौंको हावा फेरि अवस्थकर देखिएको छ । वायु शुद्धता सूचकांकअनुसार काठमाडौं खराव हावाको सूचीमा पहिलो नम्बरमा परेको छ ।
वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ । सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ ।
वातावरण विभागले अद्यावधिक गरेको विवरणअनुसार काठमाडौंको वायु घातक देखिएको छ । देशभर डढेलोका घटना वृद्धि हुँदा हावा हानिकारक बन्न पुगेको हो ।
खराब वायुको सूचीमा चीनको बेइजिङ सहर दोस्रो नम्बरमा छ । बेइजिङको एक्युआइ १६४ रहेको छ । तेस्रो नम्बरमा थाइल्यान्ड रहेको छ । थाइल्यान्डको १६२ एक्युआइ छ भने भारतको कोलकाताको एक्युआइ १५१ रहेको छ ।

