

सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाई भट्ट र ढकालको इजलासमा

काठमाडौं – उच्च अदालत पाटनले आजका लागि तोकिएको क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनको सुनुवाई न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको छ ।
यसअघि गत वैशाख ३ गतेको न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

