

प्रहरी हुँ भन्दै लुटपाट गर्ने काभ्रेका दुई जना पक्राउ

काठमाडौं — प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा काठमाडौंबाट काभ्रेका दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काभ्रेको तेमाल गाउँपालिका–७ घर भएका सन्देश तामाङ र काभ्रेकै रोशी गाउँपालिका–३ का ३१ वर्षीय हिरालाल तामाङलाई पक्राउ गरेको हो ।
चैत २ गते बिहान १० बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ यज्ञमार्टको क्याफेमा चिया खाइरहेका व्यक्तिलाई उनीहरुले आफूहरु प्रहरी हो बताउँदै लुटपाट गरेको परिसरका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए ।

