विश्वकपदेखि आइपिएल देखाउने कैनीले ल्याए ‘के छ मनैमा’ [भिडियोसहित]


काठमाडाैं- भिजन इन्जिनियर  हर्कबहादुर कैनी (हरि)ले नयाँ गीत ‘के छ मनैमा’ ल्याएका छन् । एलबी प्रोडक्सनको यूटयूब च्यानलबाट सार्वजनिक भएको उक्त गीत कैनीले लेखेका हुन् । यस्तै गीतमा स्वर र संगीत पनि उनकै रहेको छ । उनलाई गीतमा चर्चित गायिका अनु चौधरीले साथ दिएकी छिन् ।

सनम कठायत र स्मारिका ढकालको अभिनय रहेको गीत बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ का कैनी विश्वकप क्रिकेटदेखि इन्डियन प्रिमियर लिग (आइपिएल)को प्रत्यक्ष प्रशारण गर्ने काममा सहभागी हुने गरेका छन् ।

उनले कन्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन् । अब उनी विश्वकप टी–२० क्रिकेट प्रतियाेगिताको प्रशारण गर्न जाने भएका छन् ।

उनीसँग विगतमा विश्वकप कवड्डि, बहुचर्चित आइफा अवार्डलगायतका विभिन्न इभेन्टस्को प्रत्यक्ष प्रसारण गरेको अनुभव छ ।

 

 

प्रतिक्रिया