क्रिकेटर हार्दिक पाण्ड्यालाई सौतेलो भाईले ठगेपछि…


काठमाडौं- क्रिकेटर हार्दिक पाण्ड्यालाई ठगी गरेको आरोपमा उनकै सौतेलो भाईलाई प्रहरीले पक्राउ गरेकाे छ । पाण्ड्याले आफ्नो करोडौँ रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

उनको भाई कुणाल पाण्ड्या र सौतेलो भाई वैभव पाण्ड्याले मिलेर सन् २०२१ मा पोलिमर ब्यवसायका लागि एउटा कम्पनी स्थापना गरेका थिए । तर, वैभवले कम्पनीले नाफा कमाएको पैसा हार्दिक र कुणाललाई नदिई छुट्टै कम्पनी स्थापना गरेर त्यो नयाँ कम्पनीको खातामा पठाउने गरेका थिए ।

मुनाफाको पैसा माग्दा पनि नपाएपछि अन्नतः हार्दिक र कुणाल सौतेलो भाई वैभवविरुद्ध उजुरी लिएर प्रहरी कार्यालयमा पुगेका थिए । वैभवले आफ्नो चार करोड ३० लाख ठगी गरेको दाबी हार्दिक र कुणाले गरेका छन् ।

प्रतिक्रिया