गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भयाे


काठमाडौं- गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

दुई वर्षको प्रेम सम्बन्धपछि २०७७ सालमा दुईबिच कानुनी विवाह भएको थियो ।

निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने  ऋचा  मोडलिङ पेशामा गर्छिन्  ।

प्रतिक्रिया