सन्त बहादुरले ५२ वर्षको उमेरमा पास गरे कक्षा ८


हेटौंडा-  मकवानपुरको थाहा नगरपालिका-५ का ५२ वर्षीय सन्त बहादुर गुरुङले कक्षा ८ को परीक्षा उत्तीर्ण गरेका छन् । विद्यालय छाडेको ३८ वर्षपछी थाहा-१ मा रहेको झम्केश्वरी माविमा भर्ना भएका गुरुङले ८ कक्षा पास गरेका हुन् ।

झम्केश्वरी मावि थाहा–१ का विद्यार्थी गुरुङले गत १ चैतबाट सुरु भएको थाहा नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा दिएका थिए ।

कक्षा ५ सम्म गाउँकै बसन्त प्राविमा अध्ययन गरेका गुरुङले कक्षा ६, ७ र ८ थाहा नगरकै जनकल्याण माविमा अध्ययन गरेका थिए ।

प्रतिक्रिया