

सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु

धादिङ – रुपन्देहीको भैरहवाबाट सिमेन्ट बोकेर काठमाण्डौ आउँदै गरेको ट्रक धादिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गको बेनीघाटबाट लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको हो । ट्रक नदीमा खस्दा सिमेन्ट नष्ट भएको छ ।
ट्रक नदीमा खस्दा ट्रकका चालक काभ्रेको बनेपा नगरपालिकाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)भोजराज पाण्डेयले जानकारी दिए ।
ज्यान गएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेयले जानकारी दिए ।

