भारतको अनुदानमा पाटनको कुमारी घर पुनर्निर्माण सुरु


काठमाडौं – २०७२ सालको भुकम्पले क्षतीग्रस्त भएको पाटनमा रहेको कुमारी छें (घर)पुनर्निमाण हुने भएको छ।

भुकम्पले क्षतीग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ भारत सरकारको अनुदानमा पुनर्निमाण हुने भएको हो। मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्रा र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कुमारी छेँ पुनर्निर्माणको शिलान्यास गरे।

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैँया ३२ पैसाको लागतमा पुनर्निमाण कार्य अघि बढाएको हो।

भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा निर्माण गरिनेछ। डेढ वर्षमै भुकम्प प्रतिरोधी भवन पुनर्निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ।

 

प्रतिक्रिया