भारतीय संस्थापनले प्रचण्डलाई नेकपाबाट माओवादी केन्द्र बनाएको एउटा प्रमाण– मोदीका विश्वासपात्रको विवादीत बयान


काठमाडौं– भारतीय संस्थापनले नेपाल कम्युनिस्ट पार्टीबाट माओवादी केन्द्रलाई अलग बनाइदिएको सांकेतिक प्रमाण प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रले खुलाएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेका योगी आदित्यनाथले सोमबार भएको एउटा सार्वजनिक कार्यक्रममा त्यस्तो विवादीत बयान दिँदै अहिलेको नेकपा विभाजनमा भारतीय संस्थापनको सक्रियता रहेको संकेत दिएका हुन्।

उनले नारी दिवसका अवसरमा सबैलाई समान व्यवाहार गर्नुपर्ने बताउँदै दिएको एउटा चेतावनी थियो– ‘नत्र अहिले नेपालका माओवादीको हविगतमा पुगिनेछ।’

सवै बर्ग र समुदायलाई साथमा लिएर नहिँडे राम्रो परिणाम आउन नसक्ने तर्क गरेका उनले उदाहरणका रुपमा अन्यथा जोड्दै नेपालका माओवादीको जस्तो अवस्था हुनसक्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया