साहित्यकार परशु प्रधानको निधन


काठमाडौं – नेपाली साहित्यमा पीआर प्रधानका नामले चिनिने साहित्यकार परशु प्रधानको निधन भएको छ ।

गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउने ८० वर्षीय प्रधानको बानेश्वरस्थित निवासमै निधन भएको उनका छोरा एवं बरिष्ठ सञ्चारकर्मी प्रतीक प्रधानले जनाएका छन् ।

१२खरीडटकमका प्रधान सम्पादक प्रतीकले उनका बुवाको निधन भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रधानका अनुसार अहिले बिहान ९ बजेसम्म राधामोहन मार्ग –२० मा श्रद्धाञ्जलीका लागि पार्थिव शरिर राखिएको छ भने आजै ९ः३० बजे पशुपति आर्य घाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया