महरा पक्राउ परेपछि माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार बिहान पदाधिकारी बैठक बस्ने पार्टी सचिव गणेश शाहले जनाए ।
अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाएको हुन सक्ने पनि उनले जनाए ।