प्रियंकारानी मिस वर्ल्डको ‘टप’ २५ मा
काठमाडाैं- नेपालकी प्रियंकारानी जोशी भारतमा आयोजना भइरहेको विश्व सुन्दरी प्रतियोगिताको उत्कृष्ट २५ मा प्रवेश गरेकी छिन् । उनी मिस वर्ल्डमा भाग लिएका कूल ११७ प्रतिस्पर्धीबाट उत्कृष्ट २५ जना छनोट भएका हुन् ।
ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोलाई लिएर अन्तिम २५ का प्रतिस्पर्धी छनोट गरिएको हो ।
छनोट भएका उत्कृष्ट २५ जनाले अब ‘हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्नेछन् । भारतमा आयोजना भएको ७१ औं मिस वर्ल्डको फिनाले मार्च ९ मा मुम्बईमा आयोजना हुनेछ ।