रातको समयमा सिद्धार्थ राजमार्ग बन्द हुने समय ५० दिन लम्बियाे
काठमाडौं – सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ ।
सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी गराएको हो ।
यसअघि १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको छ ।
यसलाई दोस्रो चरणमा विस्तार गरी २७ चैतसम्म पुर्याइएको आयोजनाले जनाएको छ ।
पहिलो चरणमा ७ फागुनसम्म राजमार्ग बन्द रहने गरी निर्णय गरिएको थियो ।
यसबीचमा एम्बुलेन्ससहितका अत्यावश्यक क्षेत्रका सवारी साधन भने रोकिने छैनन् ।