लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ


पोखरा- नक्कली लाइसेन्स वितरणको खुलासाले हलचल मच्चयाइरहेको बेला ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयबाट मोटरसाइलकको ट्रायल दिने भानु नगरपालिका–४ का ३० वर्षीय पूर्ण मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

उनले पूर्णले तनहुँको बन्दीपुर गाउँपालिका–४ का सुरेश थापा मगरेको ट्रायल दिएको प्रहरीके जनाएको छ । बुधबार जिल्ला अदालत तनहुँबाट ५ दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया