

नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागको रिक्त महानिर्देशक पदमा कुमारी ज्योती जोशी नियुक्त भएकी छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशकमा नियुक्त गरेको हो ।
योसँगै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ ।

