नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य


काठमाडौं – आईसीसी यू–१९ विश्वकपको दोस्रो खेलमा नेपालले जितका लागि पाकिस्तानलाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ बनाएपछि पाकिस्तानले उक्त लक्ष्य पाएको हो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाउँदा कप्तान देव खनालले २३ रन बनाए ।

त्यस्तै दिपक डुम्रेले २६ रन बनाए भने दिपेश कँडेलले १३ रन बनाए । त्यस्नै नेपालका सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १९ रन बनाए ।

नेपालले इनिङको अन्तिम ओभरको अन्तिम २ बलमा लगातार २ विकेट गुमाएको थियो ।

न्यूजिल्याण्डविरुद्धको खेलमा शानदार प्रदर्शन गरेका अर्जुन कुमाल ६ रनमा आउट भए ।

पाकिस्तानका लागि अरफाम मिन्हाले १० ओभरमा २३ रन दिएर ३ विकेट लिए भने त्यस्तै अहमद हुसेनले २ विकेट लिए ।

 

 

प्रतिक्रिया