चलचित्रमा डेब्यु गर्दै बिराज भट्टका छोरा


काठमाडाैं- अभिनेता विराज भट्टका छोरा समीरले फिल्ममा डेब्यु गर्ने भएका छन् । भट्टले निर्देशन तथा निर्माण गर्न लागेको फिल्म ‘१२ गाउँ’बाट छोरा समीरले डेब्यु गर्न लागेका हुन् ।

बिराजले यसअघि ‘१२ गाउँ’ निर्माणको घोषणा गरेका थिए । चलचित्र एक्सन थ्रिलर जानरामा बनाइने उनले बताएका थिए । बिराज भट्ट फिल्म प्रोडक्सनमार्फत चलचित्र निर्माण गरिनेछ । यो फिल्मको प्रि-प्रोडक्सनमा काम भइरहेको छ ।

प्रतिक्रिया