कर्तव्य ज्यान मुद्दामा फरार रहेका २ जना १७ वर्षपछि पक्राउ


हेटौंडा- मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुई जना फरार अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरेको छ । आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटे स्याङ्तान भन्ने रामचन्द्र स्याङ्तान र सार्की माइला भन्ने कालु गोले रहेकाे छन् । जिल्ला अदालत मकवानपुरले उनीहरूलाई २० वर्ष कैद सजाय सुनाएकाे थियाे ।

उनीहरूले २०६३ जेठ १९ गते साबिकको टिस्टुङ गाविस वडा नम्बर ४ अर्थात् हालको थाहा नगरपालिका- १२ गैरीगाउँमा ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए ।

 

प्रतिक्रिया