

अभिनेता श्रेयश तलपडेलाई हृदयाघात

मुम्बई– बलिउड अभिनेता श्रेयश तलपडेलाई हृदयाघात भएको छ । ४७ वर्षीय यी अभिनेता अक्षय कुमारसंग फिल्म ‘वेलकम टू जंगल’ को सुटिङ गरिरहेका थिए ।
शुटिङ सम्पन्न भएलगत्तै उनी बेहोश भएर लडेका थिए । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो, जहाँ उनको एन्जियोप्लाष्टि गरिएको छ ।
अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाएको छ ।

