


फिल्म ‘सलार’ मा मेनुका पौडेलले गाएको गीत सार्वजनिक [भिडियो]

काठमाडौं– दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ मा नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ।
बुधबार हम्बले फिल्म्स युट्युब च्यानलमार्फत ‘सुरज हि छाहो बन्के’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको लिरिकल भिडिओ सार्वजनिक गरिएको छ । रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्।
‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्म २२ डिसेम्बरदेखि प्रदर्शन हुनेछ ।

