
मेनुका पौडेललाई हिन्दी फिल्म ‘सलार’ मा गीत गाउने अवसर
काठमाडौं- गायिका मेनुका पौडेलले भारतीय फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छन् । आइतबार राति सोनी टेलिभिजनमा प्रसारित शोमा मेनुका आफैले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएको जानकारी दिएकी हुन् ।
‘इन्डियन आइडल’मा प्रस्तुतिमार्फत सबैको मन जित्दै आएकी उनले सोही कारण भारतीय फिल्ममा अवसर पाएको बताइएको छ ।
मेनुकाले संगीतकार रवि बसरुरको संगीतमा ‘सलार’को एक गीतमा स्वर दिएकी हुन् । उनको स्वर फिल्मको हिन्दी भर्सनका लागि रेकर्ड गरिएको हो ।
इन्डियन आइडल’को ‘टप १४’मा पुगेकी उनलाई उपाधिको दाबेदारको रुपमा लिने गरिएको छ ।



कागजपत्र |
