‘आधा मण्डप’ लिएर फेरि पाठकमाझ रुपक अधिकारी


काठमाडौं — ‘आधा मण्डप’ उपन्यास लिएर युवा साहित्यकार रुपक अधिकारी नेपाली पाठकमाझ आएका छन् ।

दोस्रो कृतिका रुपमा अधिकारीको ‘आधा मण्डप’ उपन्यास शुक्रबार लोकार्पण भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको कार्यक्रममा लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ ‘नेपाली’ लगायतले अधिकारीको उपन्यास लोकार्पण गरे । यसअघि अधिकारीको ‘साढे ३ हत्या’ नामक उपन्यास प्रकाशित छ ।

पुस्तक लोकार्पणपछि प्रतिक्रिया दिँदै यस उपन्यास नेपाली समाजकै घटना र सन्दर्भमा केन्द्रित रहेर लेखिएको अधिकारीले बताए ।

प्रतिक्रिया