

नेपालमा थप ७३ जनामा कोरोना संक्रमण, ६४ जना डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ६४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ ।
पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ६५ हजार ९८५ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा ९६८ रहेका छन् भने ६१ जना क्वारेन्टाइनमा रहेका छन् ।

