रणवीर कपूरको एनिमलले कति कमायो ?


काठमाडौं- रणवीर कपूर अभिनित चलचित्र एनिमलले बक्स अफिसमा धेरै रेकर्ड तोडेको छ । कपुरसँगै रश्मिका मन्दाना, बबि देओल र अनिल कपूरको एनिमल शुक्रबार रिलिज भएको थियो ।

फिल्मले दोस्रो दिनमै विश्वभरबाट २३६ करोड भारु कमाएर अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । यसले शाहरुख खानको चलचित्र जवानलाईसमेत पछाडि छोडेको छ । यो फिल्मले भारतमा मात्रै दुई दिनमा १०० करोड कमाएको छ ।

एनिमलले पहिलो दिन ११६ करोड तथा दोस्रो दिन ११५ करोड कमाएको थियो । तर वल्डवाइड कलेक्सन २३६ करोड कमाएको बताइएको छ ।

 

 

प्रतिक्रिया