
सल्यानबाट तास र नगदसहित १३ जुवाडे पक्राउ
काठमाडौ – सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर–२ स्थित झिगानेमा संचालित जुवा खालमा प्रहरीले छापा मारेको छ ।
स्थानीय नारायण वलीको घरमा संचालित जुवा खालबाट १३ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पक्राउ पर्नेमा ४६ वर्षीय देब बहादुर बुढा मगरसहित १३ जना छन् ।
इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको टोलीले खालबाट १ लाख ३४ हजार नगद र २ गड्डी तास बरामद गरेको जिप्रका सल्यानले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
