
हेटाैंडामा सालनालसहितको शिशु फेला
हेटौंडा – मकवानपुरमा एकजना साल नालसहितको शिशु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका – ४ मा सालनालसहितको शिशु (बालिका) फेला परेको हो ।
बिहीबार साँझ हेटौंडा ४ हुप्रचौरस्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो छेउको झाडीमा सालनालसहितको शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयले बच्चा रोयको आवाज सुनेर हेर्दा भर्खरै जन्मेको साल नालसहितको शिशु फेलापरेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । शिशुलाई हेटौंडा अस्पतालको जिम्मा लगाइएको उनले बताए ।
उनका अनुसार शिशुको उद्धार गरी हेटौंडा अस्पताल पठाएको र जन्मदिएर झाडीमा शिशु छोड्ने आमाको खोजीका लागि अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
