

श्रीमती नभएको बेला ५ बर्षीया छोरीमाथि बलात्कार

कपिलवस्तु – आफ्नै ५ बर्षीया छोरी बलात्कार गरेको आरोपमा कपिलवस्तु प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका–१ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

