

महावीर पुनःको आविश्कार केन्द्रलाई कतारबासी ‘जागरुक युवा’को एक लाख सहयोग

काठमाडौं– कतारमा बस्ने नेपालीहरूले दिएको सहयोग रकम जम्मा गरी जागरुक युवा समाज नेपालले महावीर पुनको राष्ट्रिय आविश्कार केन्द्रलाई एक लाख नगद सहयोग गरेको छ।
कतार एयरवेजमा कार्यरत युवाहरूको समूहले पुनको वैज्ञानिक कर्ममा आर्थिक सहयोगमार्फत हातेमालो गरेको हो। दिपक ढकालको संयोजकत्वमा रहेको समाजका सदस्यहरू संजिवकुमार रञ्जितकार, विनोद सुवेदीलगायतले उक्त रकम पुनलाई हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरणका क्रममा देवलाल श्रेष्ठ, महेश्वर नेपाल, आशिष उपाध्याय, चेतन प्रसाई प्रदिप गिरीलगायतको उपस्थिति रहेको थियो।

