हाइटीमा कारागारबाट ४ सय बढी कैदीबन्दी भागे, २५ बढीको मृत्यु


काठमाडौं – हाइटीको राजधानी पोर्ट ओ प्रिन्टस्थित एक कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । क्रोइक्स डेस बुकिट कारागारबाट भाग्नेहरुमा हिंसात्मक झडपमा पक्राउ परेकाहरुमा पनि रहेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा केही सर्वसाधरण,प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको छ । भाग्नेहरु मध्ये एक जना शक्तिशाली ग्याङका नेता आर्नेल जोसेफ भने सुरक्षा कारवाहीमा मारिएका छन् । कारागारमा गोलीको आवाज सुनिएपछि कैदीबन्दीहरु भाग्न थालेको बताइएको छ ।

८ सय ७२ जनाको क्षमता रहेको कारागारमा १५ सय भन्दा बढी कैदीबन्दी थिए । घटनाको कारणबारे भने खुल्न सकेको छैन । गृहयुद्धले थिलोथिलो बनेको गरिब क्यारिवियन मुलुक हाइटीमा यसअघि पनि कैदीबन्दीहरु भागेका घटना सार्वजनिक भएका थिए । एजेन्सी

प्रतिक्रिया