भोलि दरबारमार्गको काशा लाउञ्जमा ‘दशैं आयो’ साँझ


काठमाडौं – नेपालीहरुको महान् पर्व दशैंको पूर्वसन्ध्यामा दरवारमार्गस्थित कासा लाउञ्जमा साँँगीतिक साँझ हुने भएको छ ।

आश्विन २७ गते अर्थात भोली शनिबार आउँदै गरेको चाड दशैंको शुभकामना स्वरुप सांगीतिक साँझ आयोजना गर्न लागिएको हो ।

पारिवारीक वातावरणमा खोलिएको प्रिमियम लाउञ्ज एण्ड बारले स्थापनाको केही समयमै आप्mनो ग्राहकहरुको मन जित्न सफल भएको छ ।

हाल दरवारमार्गकै एक व्यवस्थित अनि सबैले रुचाइएको कासा लाउञ्जले आफ्ना ग्राहक, शुभचिन्तक तथा इष्टमित्रहरुसँग एकआपसमा दशैंको शुभकामना साटासाट गर्ने उद्देश्य आँउदो शनिवार नेपालको वरिष्ठ पप गायक हरिश माथेमालाई लिएर साँगितिक साँझ आयोजना गर्ने भएको छ ।

आँखाको नानी हौ तिमी, केही सोधे्र तिमीलाई मैले, स्वप्निल रंगमा रंगिएकी तिमी जस्ता दर्जनौं गीतका सर्जक तथा गायक माथेमाको नेपालमा धेरै समयको अन्तरालपछि हुन लागेको यो नै पहिलो साँगितीक कार्यक्रम हुनेछ । गायक माथेमालाई साथ दिन विदेश जाने मायालु तिमीलाई जस्ता सदावहार गीतका गायक तथा संगीतकार दीपक थापाको समेत प्रस्तुति रहने छ ।

यो कार्यक्रमलाई सफल पार्न कासा लाउञ्ज एण्ड बारले भव्य तयारी समेत गरेको छ । नेपालको वरिष्ठ पप गायकद्वय हरिश माथेमा तथा दीपक थापाको सांगितीक प्रस्तुतिपूर्व कासा लाउञ्जको हाउस ब्याण्ड हिमालयन कासाको समेतको रमाईलो प्रस्तुति रहने छ ।

कार्यक्रम सञ्चालनको जिम्मा पाएका द भ्वाईस अफ नेपालका कार्यक्रम सञ्चालक सुशिल नेपालले कार्यक्रममा अझ थप उर्जा थप्ने कुरामा कसैको दुई मत रहने छैन । यस कार्यक्रमलाई अझ भव्य रुपमा सफल पार्न नेपालका अरु थुप्रै पप गायकहरुको समेत सहभागी हुने कुरा आयोजक कासाले जानकारी गराएका छन् ।

प्रतिक्रिया